तपाईँ सुन्दै हुनुहुन्छः

आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता सुरु

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्नेजस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र सङ्गठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगितालाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिता सञ्चालनसहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।

प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button