तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

Oplus_131072

नेपालगन्ज । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले इन्डोस्कोपी सेवा सुरु गर्नुभएको हो । 

प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरूलाई सहज भएको प्रहरी उपरीक्षक डा.हमालले बताउनुभयो । अब छिट्टै आइसियु सेवा पनि सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

इन्डोस्कोपी गर्दा शरीरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरीरको आन्तरिक अङ्गको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ शरीरभित्रका अङ्गको परीक्षण गर्नु हो । जब शरीरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button