तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुदका लागि डडेल्धुरामा छनौट प्रतियोगिता सुरु

डडेल्धुरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा छनौट प्रतियोगिता सुरु भएको छ ।

मंङ्गलबारदेखि प्रतियोगिता सुरु गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले बताउनुभयो ।

खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले गर्नुभएको थियो ।

कार्तिक १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विधाका खेलहरू खेलाइने छन् । जिल्लाबाट छनौट भएका खेलाडीहरूलाई प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी गराई सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने छ ।

दशौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ गतेदेखि कर्णाली प्रदेशमा हुने तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button