तपाईँ सुन्दै हुनुहुन्छः

उड्डयन प्रणालीको विकास गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुरक्षित नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गरी सुरक्षित र विश्वसनीय उड्डयन प्रणालीको विकास गर्न एक उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्य सर्त स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री गुरुङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा अध्यक्ष रहनुभएको ५ सदस्यीय उच्च स्तरीय अध्ययन तथा सुझाव समिति गठन गरिएको बताउनुभयो ।

उक्त समितिको सदस्यहरूमा राजेन्द्रबहादुर सिंह (हवाई व्यवस्थापन विज्ञ), भेषराज सुवेदी (हवाई सुरक्षा विज्ञ), क्याप्टेन रिवाजप्रसाद प्रधान (हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ) र मन्त्रालयका सहसचिव समितिको सदस्यसचिव रहनुभएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रादेशिक अस्पतालहरू मार्फत उपचार खर्च बेहोर्न नसक्ने नागरिकहरूलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुर्ननिर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरूप प्राप्त हुने मालवस्तुमा भन्सार छुट दिने, सरकारका तर्फबाट कतार सरकारलाई उपहार स्वरूप चितवन राष्ट्रिय निकुञ्जको एक जोडी हात्ती उपलब्ध गराउने लगायतका निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

प्रतिक्रिया राख्नुहोस्

Back to top button