तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय निकायलाई मजबुत बनाउन प्रदेश सरकार लागिपरेको छ’

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले स्थानीय तहलाई थप मजबुत बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

कलैया उपमहानगरपालिकाले शुक्रवार आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले प्रदेश सरकारबाट प्रदान गरिने सशर्त अनुदानको बजेट स्थानीय तहकै सिफारिसमा खर्च हुने गरी व्यवस्था गर्न लागिएको बताउनुभयो ।

आवश्यकता र औचित्यको आधारमा बजेट खर्च गर्ने प्रदेश सरकारको नीति अनुसार प्रदेशका ८ वटै जिल्लालाई समान रूपले विकसित बनाउने नीति अवलम्बन गरिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button