तपाईँ सुन्दै हुनुहुन्छः

दिल्लीमा आगलागीमा हुँदा दुई जनाको मृत्यु, चार घाइते

नयाँ दिल्ली । दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ । 

भोलानाथ नगरस्थित स्थानीय प्रहरी अधिकारीका अनुसार सबै घाइते तथा मृतकहरू एउटै परिवारका सदस्य रहेका र उनीहरूको आगलागीका कारण कोठामा धुवाँले निस्सासिएर मृत्यु भएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “शुक्रबार बिहान ५ः५० बजे दिल्लीको भोलानाथ नगरको घर नम्बर–१९७  आगलागी भएको जानकारी प्राप्त भएको र तत्काल प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जीटीबी अस्पतालमा लगिएको थियो ।”  

फायर ब्रिगेडले आगलागीलाई केही समयमा नै नियन्त्रणमा लिएको थियो भने भग्नावशेषबाट ४२ वर्षीय शिल्पी गुप्ता र १६ वर्षीय प्रणव गुप्ताको मृत शरीर निकालेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button