तपाईँ सुन्दै हुनुहुन्छः

टिआरसी आयोग छिट्टै गठन गर्ने तीन दलको सहमति

काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा सहमति जुटेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले एक दुई दिनभित्रै सर्च कमिटीले पूर्णता प्राप्त गर्ने र त्यसपछि आयोग गठन गरिने बैठकमा सहभागी माओवादी नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता  शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडालको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button