तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु 

दाङ । दाङ- देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।  ज्यान जानेमा लमही नगरपालिका-६ कुलामोहर बस्ने वर्ष ४६ का  मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिनु भयो । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुनुहुन्छ ।  मोटरसाइकलले हिजो विकलाई ठक्कर दिएको थियो ।

हिजो बिहीबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटर साइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते हुनु भएको थियो ।

गम्भीर घाइते विकलाई उपचारका लागि कोहलपुर रिफर गरिएको थियो उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका(  ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button