तपाईँ सुन्दै हुनुहुन्छः

बाढीमा डुबेर  झापामा ६ जनाको मृत्यु

भद्रपुर, झापा । गत साता अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तीनजनाको गौरादहको कृष्णे खोलामा डुबेर ज्यान गएको छ भने कनकाई, मेची र जमुना नदीमा डुबेर एक–एकजनाको मृत्यु भएको छ । गौरीगञ्ज– २ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज– २ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो ।

त्यस्तै, कचनकवलको जमुना खोलाले बगाएर कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारैजनाको शव लामो खोजतलासपछि मात्र फेला परेको थियो ।

त्यस्तै, मेची र कनकाई नदीमा डुबेको अवस्थामा दुईवटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button