तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको स्याउ तम्घास बजारमा 

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा पहिलोपटक जुम्लाको अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याइएको छ । जुम्लाको सिंजा गाउँपालिकाबाट विभिन्न व्यवसायीले तम्घास बजारमा जुम्लाको स्याउ बिक्रीका लागि ल्याएका हुन् । 

स्वादिलो र अर्ग्यानिक भएकाले जुम्लाको स्याउ प्रख्यात मानिन्छ । अहिले जुम्लाको स्याउ गुल्मी जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगसम्म पुगेको छ । जुम्लामा मोटर बाटो पुगेकाले अहिले जुम्लाको स्याउ गुल्मीमा आएको छ । अहिले सुरुआती चरण भएकाले जुम्लाबाट आएका व्यवसायीले ३० कुईन्टल स्याउ गुल्मीमा ल्याएका छन् । स्याउ ल्याएको  केही दिनको अवधिमा झण्डै १० क्विन्टल बिक्री भइसकेको जुम्लाबाट स्याउ बिक्रीका लागि आउनु भएका व्यवसायी जगतबहादुर साहीले बताउनुभयो 

जुम्लामा प्रति केजी झण्डै ५० रुपियाँ पर्ने स्याउ यहाँसम्म आउँदा २ सय रुपियाँ सम्ममा बिक्री हुने गरेको छ । स्याउलाई बिक्री गरेर सकेपछि स्थानीयको माग अनुसार पुनः जुम्लादेखि ल्याउन सकिने व्यवसायी बत्ताउँछन् । जुम्लाका स्थानीयले आफ्नो बारीमा चार–पाँच सय स्याउका बोट लगाउने गरेका छन् । ती स्थानीयबाट सङ्कलन गरेर बिक्रीका लागि ल्याउने गरेको जुम्लाका व्यवसायी बत्ताउँछन् । जुम्लादेखि पहिलोपटक यसरी स्याउ ल्याएर बिक्री गरेको साहीले बताउनुभयो ।  

जुम्लाको स्याउ यहाँका स्थानीयले निकै स्वादिष्ट मानेर  किन्ने गरेका छन् ।  जुम्लाको स्याउ स्वादिलो र अर्ग्यानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् । जुम्लाको स्याउ अन्यत्रको  स्याउ भन्दा सस्तो र स्वादिष्ट भएकाले एकपटक प्रयोग गरेपछि पुनः त्यही स्याउ खोजेर आउने गरेको व्यवसायी बत्ताउँछन् । जुम्लाको स्याउले गुल्मीमा राम्रो बजार पाएपछि जुम्लाका किसानले अबदेखि बिक्रीका लागि ल्याउने बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button