तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा समय अगावै  हिमपात

गोरखा । उत्तरी गोरखामा ठूलो हिमपात भएको छ । शुक्रवार देखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको चुमनुब्री गाउँपालिका साम्दोबाट निमा लामाले बताउनुभयो ।

एक फिट भन्दा धेरै हिउँ परेको छ , हिउँ पर्ने सिजन सुरु नहुँदै यस वर्ष हिउँ पर्याे, लार्के पास गर्न आएका पर्यटकहरू यतै रोकिएका छन्, लामाले भन्नुभयो ।

समुद्री सतहदेखि १२,७१३ फिट उचाइमा रहेको गोरखाको अन्तिम गाउँ साम्दो हो । जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा यो गाउँ पर्दछ ।

बाक्लो हिउँ परेपछि बोर्डर आउट पोस्ट (बिओपी) प्रहरीहरूले बाटो पन्छाउने र पर्यटकहरूलाई मौसम खुला भएर बाटो सफा भएपछि मात्र यात्रामा निस्कन सुझाव दिएका छन् ।

बिहानै देखि सशस्त्र प्रहरी टोली बाटोमा रहेका हिउँ पन्छाउन लागि परेका बोर्डर आउट पोस्ट(बिओपी) का प्रमुख विश्व त्रिपाठीले जानकारी दिनुभयो ।

कम्पारा लगायत उत्तरी गोरखाका अधिकांश स्थानमा हिमपात भएका छन् । बिहीबार देखि जिल्लाका तल्ला क्षेत्रमा पानी परेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ । असोजमै हिमपात विरलै हुने गरेको सामागाउँका स्थानीय मिङ्मार लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button