तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्तै सफल: महासचिव पोखरेल

धनगढी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै सफल ढङ्गले अघि बढिरहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालद्धार आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासचिव पोखरेलले प्रधानमन्त्रीका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट अनेक प्रकारका भ्रमपूर्ण प्रचार भइरहेको बताउनुहुँदै अमेरिकामा विरोध प्रदर्शन, र कुनै अवरोध नभएको बताउनुभयो । प्रधानमन्त्री विदेशी मुलुकमा रहँदा भ्रमपूर्ण प्रचार गर्ने कार्य लज्जास्पद रहेको र  देशको हितका विरुद्धमा रहेको बताउनुभयो ।  

महासचिव पोखरेलले प्रधानमन्त्रीले युएनको कार्यक्रममा सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा फराकिलो बनाउनु रहेको र त्यस क्रममा प्रधानमन्त्रीको छिमेकी देशका राष्ट्रध्यक्षसंगको भेटवार्ताको श्रृखला निरन्तर  चलिरहेको बताउनु भयो । 

अर्को प्रसङ्गमा उहाँले सहकारी प्रकरणमा अनुसन्धानलाई रोक्ने गरि भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनु भयो । उहाँले अभियोग लागेपछि अनुसन्धानको प्रक्रियामा जाँदैन भन्नू गलत भएको उल्लेख गर्नुहुँदै सहकारी प्रकरणमा रास्वपा र सभापति रवि लामिछानेले अनुसन्धानलाई निशर्त सहयोग गर्नु पर्ने बताउनु भयो । महासचिव पोखरेलले प्रमुख दुई दल (एमाले र काँग्रेस) को सरकार गठन भएपछि मुलुकमा सकारात्मक सन्देश प्रभाव भएको, अर्थतन्त्रमा सुधार तथा वैदेशिक लगानीको वातावरण बन्दै गएको, नीजि क्षेत्र आशावादी बनेको बताउनु भयो ।

उहाँले लोकतन्त्रलाई सबल बनाउने गरि दुई दलका बिचमा समझदारी बनेको उल्लेख गर्नुहुँदै साना दलले राजनीतिक अस्थिरता मच्चाउने कामलाई बन्द गरिनु पर्छ भन्ने बुझ्न जरुरी रहेको बताउनु भयो । सरकारले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि काम अघि बढाइरहेको छ, त्यसैले सरकारलाई काम गर्न दिनु पर्छ, माइतीघर मण्डलामा प्रदर्शन गर्ने प्रवृत्ति रोकिनु पर्छ, उहाँले भन्नुभयो । सत्ता छोड्नु पर्दा तत्कालीन प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको राजनीति तनावपूर्ण बनाउने काम गर्‍यो भन्नुहुँदै महासचिव पोखरेलले हिंसा भन्ने शब्द अराजनीतिक र असंसदीय नरहेको बताउनु भयो । 

उहाँले गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागी प्रक्रिया अघि बढेको र सरकारले मेडिकल कलेजका लागी कोटा नछुट्टाएको भनेर भ्रम फैलाउने काम गर्ने नहुने बताउनुभयो । पत्रकारको जिज्ञासाका महासचिव पोखरेलले स्वतन्त्र रुपमा राजनीति गतिविधिमा सक्रिय रहेका भिम रावलबारे टिप्पणी गर्न आवश्यक छैन भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button