तपाईँ सुन्दै हुनुहुन्छः

‘बाल अधिकारको संरक्षणमा सबै प्रतिबद्ध बनौँ’

भोजपुर । संविधानमा व्यवस्था गरिएका बालबालिकाहरूको अधिकार संरक्षणमा सबै प्रतिबद्ध बन्न जरुरी रहेकोमा भोजपुरमा आयोजित कार्यक्रमका सहभागी बक्ताले जोड दिनुभएको छ ।

६० औ राष्ट्रिय बाल दिवसका अवसरमा भोजपुर नगरपालिका–८ मा गठन भएको सुनौलो बाल क्लबको आयोजनामा शनिवार आयोजित कार्यक्रमका सहभागी वक्ताहरूले नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको हुनाले यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको धारणा राख्नुभयो ।

बाल क्लबका अध्यक्ष बन्दिप श्रेष्ठको अध्यक्षतामा आयोजित विविध कार्यक्रममा भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, वडाध्यक्ष नवीन प्रधान, विद्योदय माविका शिक्षक खोमराज धमला, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शरण कुमार राई, प्रजातन्त्र प्राविका प्रअ देवी तामाङ लगायतले आआफ्नो धारणा राख्नुहुँदै बालअधिकारका विषयमा बालबालिकाहरू पनि चनाखो हुन जरुरी रहेको धारणा राख्नुभयो ।

बाल दिवसका अवसरमा बालबालिकाहरूका बिचमा विभिन्न खेल खेलाइएको थियो भने क्लबको पुनर्गठन समेत गरिएको छ ।

दिनकै अवसरमा नेपालले पनि हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button