तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ गाडी दुर्घटना अपडेट: पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको पुष्टि 

रुकुमपूर्व । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तर गङ्गा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको पुष्टि भएको छ।  

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा  उपाध्यक्ष  बुढाको निधन भएको पुष्टि गर्नुभएको छ।  बाँकी दुईजनाको सनाखत भने भएको छैन। दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचय खुल्ने कागजात समेत भेटिएको थियो।

रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी शुक्रबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटीको भुङखानीमा दुर्घटना भएको थियो।

दुर्घटनास्थलमा दुई महिला र एक पुरुषको शव भेटिएको छ। एकजना गम्भीर घाइते भएको बुझिएको छ । घाइतेलाई थप उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button