तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ समितिबाट छलफल गरी पारित 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफल गरी पारित गरेको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो ।  समितिमा टुङ्गिन बाँकी दफाहरू माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते  माननीय सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा माननीय सदस्यहरू  डा. तोशिमा कार्की, देवेन्द्र पौडेल, डिकबहादुर लिम्बु, राम प्रकाश चौधरी रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको  बैठकमा पेस हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button