तपाईँ सुन्दै हुनुहुन्छः

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडौँ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए ।

दिउँसो २ बजेसम्म बुधबार सात जनाको मृत्यु भएको पुष्टि भएको थियो । साँझ ७ बजेसम्म बुधबार थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button