तपाईँ सुन्दै हुनुहुन्छः

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने : मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरि राजपत्रमा प्रकाशित गर्न लागिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तरगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा वन मन्त्री शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा घोषणा गरि राजपत्रमा प्रकाशित गर्न लागिएको र कृषि हानिकारकको रुपमा बँदेलको म्याद थप गरिएको बताउनुभयो ।

रातो बाँदर किसानको खेतबारीमा आएर अन्नबाली हानी नोक्सानी पुर्‍याई हैरानी दिइरहेकोले कृषि हानिकारक वन्यजन्तुमा घोषणा गर्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

वन मन्त्री शाहीका अनुसार वन्यजन्तु ऐन संशोधन गर्न मन्त्रालय पूर्ण रुपमा सहमत छ । बिकास निर्माणमा वातावरणीय अध्ययन प्रक्रिया पनि निकै गाह्रो र झन्झटले विषय भएको र उक्त प्रक्रियालाई पनि सहज बनाउन मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button