तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपूर्वकाे आलु पोखरा र काठमाण्डौँमा

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–२ स्थित खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषकले उत्पादन गरेका आलु खरिद, बिक्री गर्दै आएको छ । जस अनुसार मारिङ सहकारीले सडक पुगेका गाउँमा पुगी सहकारीको आफ्नै कृषि एम्बुलेन्स मार्फत आलु खरिद गरिरहेको छ ।

सहकारीले आलु मात्र नभई कृषकले उत्पादन गरेका सिजन अनुसारका कृषि उपज खरिद गर्दै आएको छ । अहिले अर्ग्यानिक आलु खन्ने सिजन भएसँगै सहकारीले आलु खरिद, बिक्री गरिरहेको हो । भूमे गाउँपालिकाका विभिन्न वडामा कृषकले उत्पादन गरेका आलु सहकारीले खरिद गरेर पोखरा र काठमाडौँ सम्म पठाउने गरेको छ । फागुनको तेस्रो हप्ता रोपेको आलु आजभोलि आलु खन्न सिजन सुरु भएको छ । आलु खन्न सिजन साउनको दोस्रो हप्ता देखि भदौ महिनाभरिलाई लिने गरिन्छ । किसानले उत्पादन गरेका आलु तथा अन्य कृषि उपज मारिङ बहुउद्देश्यीय सहकारीले घर आँगनमै गएर खरिद गर्ने गरेको मारिङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिनुभयो । सहकारीले सेतो आलु प्रति किलो ३६ रुपियाँ र रातो आलु प्रति किलो ४० रुपियाँमा खरिद गर्ने गरिरहेको व्यवस्थापक अधिकारीको भनाइ छ ।

आलु खरिदपछि यहाँको आलु जिल्ला बाहिर माग बढ्दो रहेको उनले बताए । यहाँको आलु पोखरा र काठमाडौँ लगायत ठाउँमा पठाउने गरिएको छ । कतिपय आलु खनेर सकेका छन् भने धेरै जसो आलु खन्न बाँकी रहेको छ । अहिलेसम्म भूमे–१, २ र भूमे–७ को गुनाम, धर्मशाला देखि ७६ क्वान्टिल क्विन्टल खरिद गरेर पोखरामा ६६ क्विन्टल र काठमाण्डौँमा १० क्विन्टल आलु बिक्री गरिएको सहकारीले बताएको छ । रुकुमपूर्वको आलु बजारमा माग उच्च रहेको छ । यहाँको उत्पादन आलुले बजारको माग अनुसार पूर्ति गर्न नसकिएको सहकारीका अध्यक्ष रामसुर बुढा मगरले बत्ताउनुभयो । मारिङ सहकारीले कृषि उपज खरिद, बिक्रीसँगै, सहकारी बजार मार्फत पनि ग्राहकको मागलाई पूर्ति गरिरहेको छ । साथै गाई फर्म मार्फत दूध उत्पादन गरी बिक्री पनि गरिरहेको छ ।

२०७७ असोज ३० गते रुकुमपूर्वलाई लुम्बिनी प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गर्याे । प्रदेश सरकारको निर्णयमा रुकुमपूर्व जिल्ला अर्ग्यानिक जिल्ला घोषणा भए पछि प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणाको कार्यक्रम पनि समावेश गर्दै आइरहेको छ । रुकुमपूर्व जिल्ला अर्ग्यानिक जिल्ला घोषणा भए सँगै यहाँ उत्पादन हुने अर्ग्यानिक उत्पादनहरू पनि देशका ठुला व्यापारिक केन्द्रहरूमा उच्च माग हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button