तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले केआईसिंह राजमार्ग अवरोध

डडेल्धुरा । बुधबार दिउँसोको बर्षाले डडेल्धुरा डोटी जोड्ने केआईसिंह राजमार्ग अन्तरगत गन्यापधुरा गाउँपालिका–३ मा रहेको पुलाउखोला, खडाखोला र कोराल खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक वीरबहादुर थापाले अहिले उक्त राजमार्गमा थुप्रै सवारी साधनहरू रोकिएको र पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

यस्तै बुडर जोगबुढा सडक खण्डको आलिताल गाउँपालिका–८ मा रहेको सुनखोलामा पनि पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button