तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशका सबै पालिकामा ध्यान तथा योग शिविर सञ्चालन गर्नुस् : मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशका सबै पालिकाहरूमा ध्यान तथा योग शिविर सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित मेडिटेसन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सबै पालिकाहरूले ध्यान योग शिविर आयोजना गरेमा प्रदेश सरकारले पनि साझेदारी गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समयमा मानिसहरूमा आएको नकारात्मक सोचका कारण समाज भाँडिँदै गएको भन्नुहुँदै योग र ध्यानको माध्यमबाट मानिसलाई सही मार्गमा ल्याउन सकिने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा मात्रै दैनिक तीन जनाले आत्महत्या गर्ने गरेको बताउँदै यसको न्यूनीकरणका लागि पनि योग र ध्यान तथा मेडिटेसनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी तथा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले आफ्नो धारणा राख्नुभएको थियो ।

बह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको तालिम पाँच दिनसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button