तपाईँ सुन्दै हुनुहुन्छः

मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियन टोलीसँग पराजित

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलो मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा नेपाल ३–० सोझो सेटमा पराजित भएको छ । दोस्रो खेल सोमबार हुनेछ । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो ।

नेपालले यो मैत्रीपूर्ण खेललाई काभा नेसन्स लिगको तयारीका रूपमा लिएको छ । प्रतियोगिता साउन १९ देखि नेपालमै हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button