तपाईँ सुन्दै हुनुहुन्छः

छोराद्वारा बाबुको हत्या 

नवलपुर । नवलपुरको कावासोतीमा छोराले बाबुको हत्या गरेका छन् ।

आज बिहान ११ बजेतिरको समयमा कावासोती – ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

मृतक प्रेम बहादुरले मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको रिसमा छोरा नीराजनले ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

आफ्नै घर अगाडि नालमा ढुङ्गाले प्रहार गरी उनले हत्या गरेका हुन । प्रहरीले अभियुक्त नीराजनलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यविन्दु लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button