तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक जनाको मृत्यु, एक जना बेपत्ता

नवलपुर । नवलपरासी पूर्व नवलपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका–४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

आज मध्यान्ह १२ः०० बजेको समयमा मध्यबिन्दु –१ पतवारीस्थित उल्टी खोला तर्ने क्रममा परियारलाई खोलाले बगाएको थियो । उनलाई खोजतलास गर्नेक्रममा बगाएको स्थानबाट ७ सय मिटर पर उल्टी खोला र छुकछुके खोलाको दोभानमा सवा २ बजे मृत अवस्थामा फेला पारेको पौडेलले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पतालमा राखिएको छ ।

यसैगरी, जिल्लाको बौदीकाली–१ खारा घर भएका ४८ वर्षका विशाल कार्की खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज दिउँसो १२ः४० बजेको समयमा गोरुसहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली–१ स्थित बौदी खोला तर्ने क्रममा खोलाले बगाई कार्की बेपत्ता भएका हुन । उनको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button