तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदी किनारमा सडेगलेको अवस्थामा तीन जनाको शव फेला

नवलपुर । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट–१ स्थित नारायणी नदीमा तीन जनाको शव फेला परेको छ ।
मजुवा सामुदायिक वन नजिक रहेको नारायणी नदी किनारमा दुई जना पुरुष र एक जना महिलाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको पौडेलले बताउनुभयो । शवको पहिचान हुन सकेको छैन । माछा मार्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुगेर अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य गरिरहेको छ । घटनाको अनुसन्धान समेत सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button