तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा करिब दुई हजार बढी घर डुबानमा, राजमार्ग कटान हुँदा आवागमन अवरुद्ध

कन्चनपुर । विगत चार दिन देखिको अविरल वर्षाका कारण कञ्चनपुरमा करिब दुई हजार बढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षका कारण महाकाली नदिमा जलस्तर वृद्ध हुँदा भुजेला खोलाबाट महाकालीको बाढी गाउँ पसेपछि भिनपा ११,१२ र १३ का तटीय वस्ति ढुवानमा परेका छन् । उक्त क्षेत्रमा एक दर्जन बढी घर भत्किनुका साथै पाँच सय घरडुबानमा परेको भिनपा १३ का वडा अध्यक्ष राम बहादुर बोहोराले बत्ताउनु भएको छ । 

भिनपा १३ सोनापुरमा निर्माण गरिएको नमुना वस्ति समेत बाढीका कारण विस्थापित भएको छ। उक्त वस्तिका मानिसहरू भिनपा १३ वडा कार्यालयमा बसी रहेका छन् । बाढीका कारण पूर्वपश्चिम राजमार्गको भाषी,सुडा सडक खण्डमा पुल र सडक कटान हुँदा आवागमन समेत अवरुद्ध भएको छ ।राजमार्ग उत्तर तर्फका १ हजार बढी घरहरू ढुवानमा परेका छन् । त्यस्तै जिल्ला सदरमुकाम महेन्द्रनगर पनि ढुवानमा परेको छ । 

उद्धार कार्यमा नेपाल प्रहरी ,सेना र सशस्त्र परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button