तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

सुनसरी । सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ ।

दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् ।

आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button