तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुग्यो, धेरै बस्ती उच्च जोखिममा

बाँके। राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार अपराह्न रेकर्ड गरिए अनुसार राप्ती नदीको सतह ७ मिटर ९० सेन्टिमिटर पुगेको छ ।

नदीको सतह बढ्दै गएपछि राप्तीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याएको छ । ईलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज द्रोणबहादुर खड्काले बाढी पसेर क्षति पुर्याएको जानकारी दिनुभयो।

राप्तीको बाढीले बाघखोरका स्थानीय बासिन्दा खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्याएको बताइएको छ । स्थानीय बासिन्दा माधव रावतका अनुसार राप्तीको बाढी सोही गाउँका राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि पस्न लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button