तपाईँ सुन्दै हुनुहुन्छः

बगुवा पानी उपन्यासको लोकार्पण

काठमाडौँ । डा विनोद ढकालद्वारा लिखित उपन्यास बगुवा पानीको आज काठमाडाैँमा लोकार्पण गरिएको छ ।

लोकार्पण कार्यक्रमका वक्ताहरूले उपन्यासले नेपाली समाजको यथार्थलाई जीवन्त रुपमा चित्रण गरेको र नेपाली साहित्यमा एक उत्कृष्ट उपन्यास थपिएको धारणा ब्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले समाजमा रहेका विसङ्गतिलाई सरल भाषामा मिठासपूर्ण शैलीले उजागर गर्ने काम उपन्यासले गरेको बताउनुभयो ।

प्राध्यापक  डा मनोज हुमागाईँ र प्राध्यापक  डा अजय रिसालले वास्तविकताको यथार्थमा रहेर लेखिएको उत्कृष्ट उपन्यासको रुपमा आफूहरूले पाएको धारणा ब्यक्त गर्नुभयो ।

उपन्यासका लेखक डा विनोद ढकाल र पत्रकार राजकुमार बानियाँले सामाजिक वास्तविकताको वरिपरि रहेर लेखिएकाले उपन्यास बगुवा पानीले सामाजिक वास्तविकतालाई उजागर गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button