तपाईँ सुन्दै हुनुहुन्छः

गैँडाकोट दुईका २५ घर डुबानमा

नवलपुर । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर बस्ती पस्दा गैँडाकोटका २५ घर डुबानमा परेका छन् ।

गैँडाकोट –२ बोटे टोलमा बाढी स्थानीयको घरभित्रै पसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बाढी घरभित्र पसेर लत्ताकपडा तथा अन्नपात भिजेर क्षति भएको छ । बाढीसँगै आएका काठ दाउरा मुढा समेत घरभित्रै पसेको छ ।

बाढी घरभित्रै पसेपछि स्थानीय, प्रहरी, जनप्रतिनिधि समेतको सहयोगमा स्थानान्तरण गरिएको पौडेलले बताउनुभयो । बस्तीबाट २०० मिटर पर रहेको टोल सुधार समितिको ट्रष्ट र आफन्तको घरमा स्थानीय बासिन्दा, पशुचौपाया अन्नपात स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म मानवीय तथा पशु चौपायाको क्षति नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button