तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक कार्यालय बाँकेद्वारा चालु आर्थिक वर्षमा दुई करोड ४४ लाख २७ हजार राजश्व सङ्कलन

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट दुई करोड ४४ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गर्दै उक्त राजश्व सङ्कलन गरेका हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार ३१ हजार १५९ सवारी र ढुवानीका साधनलाई कारबाही गरेर दुई करोड ४४ लाख २७ हजार रुपैयाँ   राजस्व सङ्कलन गरिएको बताउनु भयो  ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीका अनुसार लामो दुरीको यात्रामा दुई जना चालक नराख्ने ११० सवारी साधनलाई कारबाही गरेर एक लाख १० हजार राजस्व सङ्कलन भएको छ ।

उहाँले भन्नुभयो चालु आर्थिक वर्ष असार पहिलो सातासम्म बाँकेमा सडक दुर्घटनामा परि ६३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button