तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुला जिल्ला सुदूरपश्चिममा दोस्रो पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा

दार्चुला । दार्चुला जिल्लालाई बिहीबार एक कार्यक्रमका गर्दै पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लाभरिका नौवटै स्थानीय तहका ६१ वडाका जन्मेदेखि १५ महिना सम्मका २ हजार ४१६ तथा १६ देखि ५९ महिनासम्मका ७३१ जना बालबालिकालाई खोप लगाइएको निश्चित भएपछि घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनुभयो ।

सबै पालिकास्तरमा पूर्णपालिका खोप सुनिश्चिता अभियान २०८० चैत्र २२ देखि सुरु भएको थियो । दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको पूर्ण खोप सुनिश्चितता घोषणा भएको अछामपछिको दोस्रो जिल्ला हो ।

जिल्ला पूर्ण खोप सुनिश्चिता समन्वय समिति दार्चुलाको आयोजनामा भएको कार्यक्रमको सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button