तपाईँ सुन्दै हुनुहुन्छः

साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ । 

आज यहाँ पत्रकार सम्मेलन गरेर  सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण छ ।  उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ । सुदूरपश्चिमका सर्वसाधारण सडक र सञ्चार सुविधाबाट वञ्चित हुँदा झेल्नुपरेका पीडा प्रस्तुत भएको छ । 

गीतमा चक्र बम र रचना रिमाल र ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिनुभएको छ । कोविद बज्रले सङ्गीत भर्नुभएको गीतको श्रव्यदृश्यमा अभिनेत्री रेनुनाथ योगी, बालकलाकार सञ्जय परियार र गायक बमले अभिनय गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button