तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति

काठमाडौँ ।नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ गठबन्धन बन्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छन् ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको नेपाली काँग्रेसका प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button