तपाईँ सुन्दै हुनुहुन्छः

युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा

काठमाडौं।पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्कफर्टमा मंगलबार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको हो ।

गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा तीन पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।

यो जीतसँगै पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button