तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सात जनाको मृत्यु

रोल्पा । रोल्पाको  माडी गाउँपालिका वडा नम्बर-३ मा पर्ने परेवा छहरा भन्ने ठाउँमा लु १ ज ३२५२ नम्बरको जिप हिजो सोमवार साझ घर्तिगाउ बजारबाट यात्रु लिएर तालाबाङ जाँदै गर्दा करिब ६ बजेको समयमा सडकबाट करिब साढे चार सय मिटर तल खसेर दुर्घटना हुँदा एक १८ महिने बालिका (शिशु)सहित ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रम’ख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो ।

जिप दुर्घटनामा परी मृत्यु हुने ७ जना मध्ये ६ जनाको पहिचान खुलेको छ  मृत्यु हुनेहरू  माडी गाउँपालिका वडा नम्बर -३ तालावाङ निवासी ३३ वर्षीय जुनमाया खड्का ,७७ वर्षीय खडक बहादुर डाँगी, कर्मी घर्तिमगर,सोही ठाउँ दाबाङकी ३० वर्षीया अमृता घर्ती र उनको १८ महिने बालिका छोरी भएको भनिएता पनि नाम खुलेको छैन त्यसैगरी परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सी निवासी ७० वर्षीय झुपलाल डाँगी ,३३ वर्षीय रामकली पुनको दुर्घटनामा परी मृत्यु भएको छ ।

६ जना घाइतेहरूको उपचारको लागी बुटवल पठाइएको र २ जनाको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button