तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट विनियोजन विद्येयक २०८१ पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पुनले सङ्घीयताको मर्म अनुरुप पछि परेका स्थानीय तह र प्रदेशलाई प्रतिस्पर्धी बनाउन र क्षमता विकास गर्न विशेष अनुदान पठाउने कार्य वस्तुगत र वैज्ञानिक रूपले कार्यान्वयन गरिने बताउनुभयो ।

बैठकमा सचिव डा.सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको थियो ।

यसअघि, बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जाजरकोट भूकम्प पीडितले अझै पनि राहात प्राप्त गर्न नसकेको, बलात्कार जस्ता आपराधिक क्रियाकलाप रोक्न सजायमा कडाई र सचेतना अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले अर्थतन्त्रको वृद्धिका लागि सरकारी र नीजि क्षेत्रबीच सन्तुलन र समन्वय कायम गरी करको दायरा बढाउनुपर्ने, विप्रेषणबाट प्राप्त रकम उत्पादनमा लगानी गर्दै उद्योग विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

यस्तै, सांसदहरुले बाढी पहिरोबाट धेरै जनधनको क्षति भएको, एसइइमा अनुत्तीर्ण हुने विद्यार्थी सङ्ख्या धेरै भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक असार १७ गते सोमबार अपराह्न १:१५ मा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button