तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा विषालु च्याउ खाँदा तीनको मृत्यु, १६ बिरामी

मकवानपुर । मकवानपुर जिल्लामा एक साताभित्र जङ्गली विषालु च्याउ खाएर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १६ जना बिरामी परेका छन्।

मृत्यु हुनेहरूमा कैलाश गाउँपालिका–९ नामटार निवासी विनोद लामाका ४ वर्षीय छोरा दिपेश लामा, सोही ठाउँकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ्ग गाउँपालिका–७ दुगुवाङ्ग निवासी ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन् ।

असार ३ गते जङ्गली च्याउ खाएर बिरामी परेका दिपेश लामा र निरुमाया रुम्बाको सिएमसी अस्पताल चितवनमा उपचार भइरहेको थियो । तर परिवारले आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै दुवैलाई घर लगेका थिए। त्यसपछि असार ८ गते दुवैको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, असार ८ गते जङ्गली च्याउ खाएर बिरामी परेका बलबहादुर प्रजाको भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको छ । प्रहरीका अनुसार बिरामी परेका १६ जनामध्ये ८ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button