तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बैङ्कद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

कोलम्बो(श्रीलङ्का) । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने जनाएको छ ।
क्षमता चुनौती र औपचारिक संयन्त्रको अभावले श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग तथा हेरचाह सुविधामा भिडभाड निम्त्याएको छ ।
अघिल्लो विश्व बैङ्क समर्थित परियोजनाले पहिले नै ५५० प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।
नयाँ परियोजनाले श्रीलङ्काका सबै जिल्लाहरूमा सत प्रतिशत प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई समेट्न यी प्रयासहरूलाई विस्तार गर्नेछ भने थप सेवा प्याकेज र हेरचाहको गुणस्तर सुधार गरी हजार भन्दा बढी सुविधाहरूमा विस्तार गर्नेछ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button