तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु

बर्दिया । बर्दियामा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं-३ गणेशपुर बस्ने २६ वर्षीय रोहित थारू रहेका छन् । 

मृतक थारू धान रोप्नका लागि खेत जोतिरहेको अवस्थामा पानी परेपछि सिमलको रुख मुनी ओत लागेका थिए । सोही समयमा उनी माथी चट्याङ्ग परेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई तत्काल आफन्तले एम्बुलेन्स बोलाएर राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । अस्पताल पुर्याएको केही समय मै डाक्टरले थारूलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताउनु भयो । 

उहाँका अनुसार बिहान करिब ७ः३० बजे सिमलका रुखमुनि बसेका थारूलाई एक्कासी चट्याङ्ग लागेर बायाँ तर्फका कपडा र शरीर जलेको पाइएको बताउनु भयो । 

चट्याङ्ग लाग्दा उनका बुवा र काका खेतमा सँगै काम गरिरहेका थिए । मृतकको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button