तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलका पदाधिकारीसँग छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा भएको छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले नाम मात्रै परिवर्तन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै अब गठन हुने मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने बताउनुभयो ।
प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउनुभयो ।

बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनै पनि ऐन कानून बनाउन नहुने, पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्र निकायका रुपमा लैजाने गरी विधेयक संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सभापति जयन्तीदेवी राईले मिडिया काउन्सिल विधेयकलाई विज्ञ तथा सरोकारवालाहरूसँग वृहत् छलफल गरेर मात्रै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button