तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु 

नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको)  विनयी त्रिवेणी गाउँपालिका –७ त्रिवेणी स्थित  गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु भएको छ  ।

विनयी त्रिवेणी – ७  निवासी चन्दन गुप्ताकी १३ बर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेकी थिइन । स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बालिकाका बुवाले बालिकाको शव पोस्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button