तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

रुपन्देही । दाङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस रूपन्देहीको सैनामैनामा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। रा १ ख २७८३ नम्बरको बस गएराति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटनामा परेको हो ।


दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ। बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button