तपाईँ सुन्दै हुनुहुन्छः

मनहरीमा ग्याँसबुलेटको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी ९ रजैयास्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एक भारतीय ग्याँस बुलेटले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार कास्की पोखरा ११ की ३३ वर्षीया निर्मला अधिकारीको घटनास्थलमै मृत्यु भएको छ। उनको शरीरको विभिन्न अंगमा गम्भीर चोट लागेको थियो।
घाइते मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङको हेटौँडास्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
ग्याँसबुलेट चालक भारतको पटिया नगरका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button