तपाईँ सुन्दै हुनुहुन्छः

दुवै मृगौला फेल भएकी चलाउनेको सहयोगका लागि याचना

सल्यान । दुवै मृगौला फेल भएर उपचारको अभावमा छटपटाइरहेकी सल्यान सिद्धकुमाख गाउँपालिका १ कागखोलाकी शर्मिला चलाउनेको परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी १२ वर्षीया शर्मिलाको मृगौला प्रत्यारोपण गर्न पैसा अभाव भएकाले आर्थिक रकम सहयोग गरिदिन उनका बुवा पेशल चलाउने र आमा अनिता चलाउनेले आग्रह गर्नुभएको छ ।

करिब २ महिनाअघि दुवै मृगौला बिग्रिएपछि १२ बर्षकी शर्मिलाको सातामा दुई पटक डाइलाइसिस गरिरहनु परेको उनकी आमा अनिता चलाउने बताउनुभयो ।

शर्मिलालाई सुरुमा सामान्य रोगले च्यापेपछि दाङको घोराहीमा सामान्य उपचार गरिए पनि व्यथाले च्याप्दै गएपछि अहिले काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत छिन् । शर्मिलाको उपचार गराउँदा अहिलेसम्म भएभरको पैसा सकिएको बुवा पेशल चलाउनेले बताउनुभयो ।

अहिले शर्मिलाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको बुवाको भनाई छ । आर्थिक अवस्था न्यून भएका कारण छोरीको उपचारमा समस्या भएको उहाँको भनाई छ । बिरामी छोरीको उपचारको लागि सहयोगी सङ्घसंस्था र व्यक्तिले सहयोग गरिदिए छोरीले नयाँ जीवन पाउनसक्ने आमा अनिता चलाउने बताउनुभयो ।

सहयोगको लागि लक्ष्मी बैङ्क लिमिटेडमा आमा अनिता चलाउनेको खाता नम्बर ०४०२३०१६७१६ मा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ । सम्पर्कका लागि मोबाइल नम्बर ९८१२८०३८३६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button