तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button