तपाईँ सुन्दै हुनुहुन्छः

धर्मादित्य पत्रकारिता पुरस्कार सिन्दुराकारलाई प्रदान

काठमाडौँ । यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार सुगत रत्न सिन्दुराकारलाई प्रदान गरिएको छ । 

नेवा: पत्रकार राष्ट्रिय दबूँ ललितपुर शाखाले ९ औँ मातृभाषाको पत्रकारिता दिवसको अवसरमा बुधबार ललितपुरको एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । सम्यक मासिक पत्रिकाका सम्पादक तथा प्रकाशकको साथै बौद्ध धर्म, सम्पदा संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउनु भएकोलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार १५ हजार नगद राशि र प्रमाणपत्र प्रदान गरिएको छ । नेवा पत्रकार राष्ट्रिय दबूँ ललितपुर शाखाका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेवा: देय दबूँको अध्यक्ष पवित्र बज्राचार्यकाे प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button