तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारीको ३१ औँ स्मृतिमा राष्ट्रिय खुल्ला हाफ म्याराथन हुने

रुपन्देही । मदन भण्डारीको स्मृति दिवसमा यही जेठ ३ गते बिहीबार बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मदन भण्डारीको ३१ औँ स्मृति दिवसको अवसरमा ५ वटा विधामा दौड प्रतियोगिताका गर्न लागेको हो ।

स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन देशभरिबाट धावकहरू बुटवल आइपुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

हाफ म्याराथनको दुरी २१ किलोमिटर रहनेछ । हाफ म्याराथनमा मात्रै एक सय बढी धावकहरूले प्रतिस्पर्धा गर्ने अध्यक्ष आचार्यले बताउनुभयो । प्रतियोगिता बिहान ६ बजे राजमार्ग चौराहाबाट सुरु हुनेछ ।

हाफ म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै १० किलोमिटर (कलेज स्तरीय खुला छात्र र खुला महिला) दौडको विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

५ किमी (विद्यालय स्तरीय खुला छात्र) विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १२ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

३ किमी (विद्यालय स्तरीय छात्रा) विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

देशका आर्थिक विकासको मेरुदण्ड खेल पर्यटन बन्न सक्ने सम्भावनालाई मध्यनजर गरेर खेल प्रवर्द्धनमा लागेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो ।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेले हाफ म्याराथन र रोड रेसको तयारीबारे प्रकाश पार्दै विजेता खेलाडी घोषणाका पारदर्शी गर्ने हुने गरी व्यवस्थापन भएको बताउनुभयो ।

प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजारसहित तृतीय ५० हजार, चौथो ३० हजार, पाँचौँ २० हजार, छैटौँ १० हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button