तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

सल्यान । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्महत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरि श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रहरी नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।

आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरि श्रीमान् पनि झुन्डिएर आत्महत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षको छोरीसहित ३ छोराछोरी रहेका छन् । अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button