तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा शपथ

काठमाडौँ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयाे ।

जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले यादव र खानलाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button