तपाईँ सुन्दै हुनुहुन्छः

साल्ट ट्रेडिङबाट विद्यार्थीलाई झोला वितरण

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर-७ बासिखोरामा रहेको विद्याधरि आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपलब्ध गराएको आयो नुन लोगो अंकित झोला विद्यालयमा प्रारम्भिक बाल कक्षा देखि पाँचसम्म अध्ययनरत ५४ बालबालिकाहरूलाई वितरण गरिएको शिक्षक प्रकाश पराजुलीले जानकारी दिनुभयो । आयोडिन युक्त नुनको प्रयोग गर्ने सन्देश प्रवाहका लागि कर्पोरेशनले ती झोलाहरू विद्यालयमा सहयोग गरेको शिक्षक पराजुलीको भनाई रहेको छ । सानो कक्षामा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू विद्यालयसम्म ल्याउन झोलाले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक गोपाल राईले बताउनुभयो ।

प्रअ राईले भन्नुभयो, “यस्ता सहयोगले बिद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा पनि मद्दत मिल्छ ।” अभिभावक सहितको उपस्थितिमा बालबालिकाहरूलाई झोला वितरण गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button